अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
मोफसल विकास गतिविधि
 
सहिद परिवारको विचल्ली
रौतहट समाचारदाता
 

रौतहट, माघ १५ गते । सरकारले प्रतिगमन विरोधी आन्दोलनमा सहिद भएकाको परिवारलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था गरिदिने आश्वासन दिए पनि रौतहटका एक सहिद परिवारका कुनै पनि सदस्यले रोजगारी नपाउँदा अहिले परिवारका २० सदस्य विचल्लीमा परेका छन् ।

लोकतन्त्र बहालीपछिको सरकारले ०६३ भदौ १३ गते थप घोषणा गरेको चार सहिदमध्ये रौतहटका ताहिरमियाँ अन्सारी पनि सहिदको सूचीमा पर्नु भएको थियो । रोजगारविहीन उहाँका परिवारको विचल्ली छ अहिले ।

प्रतिगमन विरोधी आन्दोलनमा सहभागी हुन नेकपा एमालेले आˆना कार्यकर्तालाई राजधानी उतार्ने क्रममा अन्सारी ०५९ चैत २४ गते काठमाडौँ पुगी आन्दोलनमा सहभागी हुनुु भएको थियो । नेकपा एमालेसँग आबद्ध अन्सारी एमालेका रौतहट जिल्ला कमिटी सदस्य, अखिल नेपाल किसान सङ्घका जिल्ला अध्यक्ष तथा मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।

आन्दोलनको क्रममा सुरक्षाकर्मीले चलाएको अश्रुग्यासबाट घाइते हुनु भएका अन्सारीलाई तत्कालै राजधानीको विनायक अस्पतालमा उपचार गरिएको थियो । एक साताको उपचारपछि आˆनो निवास रौतहट ल्याइएको अन्सारी पुन ः बिरामी पर्नु भयो । ०६० वैशाख २ गते पुनः उपचारका लागि वीरगन्ज लगियो । तीन दिनसम्मको उपचारमा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा ०६० वैशाख ५ गते बाराको पथलैयामा उहाँको निधन भयो । राज्यले उहाँलाई ०६३ भदौ १३ गते सहिद घोषणा गर्‍यो ।

सहिद अन्सारीको परिवारलाई सरकारले दस लाख रुपियाँ उपलब्ध गराएको तर सबै रकम बैङ्कको ऋण चुक्तामा सकिएकोले परिवारको विचल्ली हुन पुगेको सहिद अन्सारीका छोरा हैदर अली बताउनुहुन्छ । सहिद परिवारमा सहिदकी श्रीमती, सात छोरा, चार छोरी र नाति-नातिना गरी २० सदस्य छन् । उहाँहरूको अहिले रौतहटको प्रतापपुर पल्टुवा-ं६ को खतवैया गाउँमा बसोबास छ ।

सरकारले रोजगारीको समेत व्यवस्था मिलाई दिने आश्वासन पाएको सहिद अन्सारीका परिवारका छ भाइ छोरा बेरोजगार छन् । उनीहरू खेती किसानी गरी जीवन निर्वाह गरिरहेका छन् । सरकारले आन्तरिक वा वैदेशिक रोजगारीको व्यवस्था मिलाई दिए परिवार पाल्न थप मद्दत मिल्ने थियो । परिवार धेरै भएकोले जति मिहिनेत गरे पनि खान, लाउन धौ धौ नै परेको छ । सहिद अन्सारीका छोरा अलिको गुनासो हो यो ।

 
अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home