अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
मोफसल विकास गतिविधि
 
आत्मसमर्पणपछि पनि आपराधिक क्रियाकलापमै
रौतहट समाचारदाता
 

रौतहट, माघ ९ गते । सामान्य नागरिक सरह शान्तिपूर्ण जीवनयापन गर्ने उद्देश्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका रौतहटका भूमिगत समूहका सदस्यहरू फेरि आपराधिक क्रियाकलापमा संलग्न हुन थालेको पाइएको छ ।

तराई आर्मी नामक भूमिगत समूहमा आबद्ध भएको बताउने यसअघि प्रहरीसमक्ष आत्मसमर्पण गरेका व्यक्ति आपराधिक क्रियाकलापमा संलग्न रहेकै अवस्थामा केही दिन अघि सशस्त्र प्रहरीलेे पक्राउ गरेपछि उनीहरू आपराधिक कार्यमा संलग्न हुन थालेको स्पस्ट भएको हो ।

तत्कालीन अवस्थामा तराई आर्मीको केन्द्रीय अध्यक्ष बताउँदै जिल्ला प्रहरी कार्यालय रौतहटमा आत्मसमर्पण गरेका सञ्जयकुमार साहले ज्यान मार्ने धम्की दिएर सर्वसाधारणसँग रकम लिइरहेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय गरुडामा बुझाएको छ ।

रौतहटमा दुई दर्जन बढी आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरूले प्रहरीमा अत्मसमर्पण गरेको भए पनि उनीहरूका विषयमा प्रहरीले चासो नराखेको कारण पुनः उनीहरूले पुरानै क्रियाकलापलाई निरन्तरता दिने गरेको पाइएको छ ।

जनतान्त्रिक तराई मुक्तिमोर्चा ज्वाला समूहको केन्द्रीय सदस्य बताउने रौतहटकै शेख कुरानले समेत प्रहरीमा आत्मसमर्पण गरेका थिए । उनले आफ्नो बानीमा सुधार नल्याएका कारण प्रहरीले खोजी सूचीमा राखेपछि उनी हाल फरार रहेका छन् ।

राजनीतिक दलका स्थानीय नेताहरूले उनीहरूलाई प्रहरीसमक्ष आत्मसमर्पण गराउने गरेको र दलकै आडमा आपराधिक क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक ललन कुर्मीले आत्मसमर्पण गरेकाहरूको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । तथ्याङ्क सङ्कलनपछि उनीहरूको गतिविधिमा नजर राख्ने कुर्मीको भनाइ छ ।

 
अन्य शीर्षक
हिंसा रोक्न राजमार्ग बन्द
भूमि अधिकार मञ्चद्वारा ज्ञापनपत्र
प्रेस स्वतन्त्रताप्रति हस्तक्षेप : ओली
दुर्घटनामा २५ जना घाइते
वन फडानीको आरोपमा ५० भन्दा बढीलाई मुद्दा
महोत्सवको आकर्षण नमुना घर
सहिद परिवारको विचल्ली
अनियमितता गर्ने सचिवसँग स्पष्टीकरणको माग
कालीगण्डकी-लोकमार्गको काम तीव्र
कैलालीमा कुष्ठरोगीको सङ्ख्या बढी

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home