अन्तर्वार्ता
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
कोसी फर्काउने दोस्रो विकल्प विफल
महेन्द्र विष्ट/मोरङ समाचारदाता
 

विराटनगर, मङ्सिर ३ गते । पाइलट च्यानल र पर्कुपाइनको माध्यमबाट कोसीलाई पुरानै धारमा फर्काउन नसकेपछि अब 'कर्फडड्याम' निर्माण गरिने भएको छ ।

विराटनगरस्थित कोसी सम्पर्क कार्यालयका अनुसार 'कर्फडड्याम' भनेको बगिरहेको पानीको बहावलाई अर्को दिशातर्फ फर्काउन पानी बगिरहेको स्थानमा निर्मण गरिने बाँध हो ।

यसका लागि ८ मिटर लम्बाइ र ८ इन्च गोलाइ भएका सखुवाका खम्बाहरू आपसमा जोडेर पानी बगिरहेको धारतर्फ गाडिन्छ र बोरामा बालुवा तथा तारजालीमा ढुङ्गा भरेर माथिबाट खसाई बाँध निर्माण गरिन्छ । यसरी 'कर्फडड्याम' निर्माण गरेपछि पानीको बहाव फर्किएर पुरानै धारतर्फ जाने शतप्रतिशत सम्भावना रहेको कोसी सम्पर्क कार्यालयका सहायक प्रमुख नगेन्द्र देवकोटा बताउनुहुन्छ । उक्त 'कर्फडड्याम' लौकहीदेखि १४ किलोमिटर उत्तरतर्फ निर्माण गर्न लागिएको उहाँले जानकारी गराउनुभयो ।

त्यसका लागि ८ मिटर लम्बाइ र ८ इन्च चौडाइ भएका दुई हजार थान सखुवाका खम्बा आवश्यक पर्ने भारतीय प्राविधिकहरूले जनाएका छन । आवश्यक सखुवाका खम्बाहरू सुनसरी मोरङमा उपलब्ध नभएपछि झापाका विभिन्न सामुदायिक वनबाट निर्माण कम्पनीले मगाइसकेको पनि उहाँले जानकारी गराउनुभयो । त्यसका लागि कोसी सम्पर्क कार्यालयले झापाका विभिन्न सामुदायिक वनहरूलाई सखुवाका आवश्यक खम्बाहरू उपलब्ध गराउन पत्राचारसमेत गरेको कार्यालयले जनाएको छ ।

यसअघि भारतीय प्राविधिकहरूले कोसीलाई पुरानै धारमा फर्काउन कोसीको पश्चिमतर्फ पाइलट च्यानल निर्माण गरेका थिए तर अहिले कोसीमा पानीको मात्रा कम भएका कारण पाइलट च्यानलमार्फत कोसीको पानी पश्चिमतर्फ जान नसकेको सहायक प्रमुख देवकोटाले बताउनुभयो । निर्माणाधीन पाइलट च्यानलमा बलुवा अत्यधिक मात्रामा निस्किएको र कोसीमा पानीको बहाव कम भएकाले उक्त बलुवा बगाउन नसकेकाले कोसीलाई पुरानै धारमा फर्काउन पाइलट च्यानल असफल भएको हो ।

"पाइलट च्यानल असफल भएपछि कोसीको पानीलाई पुरानै धारमा फर्काउन पर्कुपाइन निर्माण गरियो तर त्यो पनि असफल भयो"- उहाँले भन्नुभयो । पर्कुपाइन भनेको सिमेन्टका पिलरहरूलाई आपसमा जोडेर ठूलो बनाई पानी बगिरहेको धारतर्फ गाड्दै बाँध निर्माण गरिने कार्य हो तर सिमेन्टका खम्बाहरू गर्‍हौँ भएका कारण जमिनमुनि गाड्न माथिबाट ठोक्न नसकिएको देवकोटाले बताउनुभयो । पर्कुपाइन लौकहीदेखि १७ किलोमिटर उत्तरमा ३५० मिटर क्षेत्रमा निर्माण गरिएको थियो ।

हाल कोसीलाई पुरानै धारमा फर्काउन विहारको जल संशोधन विभाग अन्तर्गतका विभिन्न आठवटा डिभिजन कार्यालयका प्राविधिकहरूले काम गरिरहेका छन् । जसमा सिँचाइ डिभिजन बथनाह, आयोजना एवं प्रोजेक्ट पि्रपेरियसन डिभिजन पूणिर्या, जल निसरन प्रमण्डल राधापुर, पूणिर्या तटबन्ध डिभिजन वीरपुर, सिर्सकार्य डिभिजन वीरपुर, पूर्वी कोसी नहर डिभिजन खुटौना, पूर्वी तटबन्धन डिभिजन दुई वीरपुर र पश्चिम तटबन्ध डिभिजन कुनौली रहेका प्राविधिकहरू क्रियाशील रहेका छन् तर नेपालमा कोसीलाई पुरानै धारतर्फ फर्काउन भारतीय प्राविधिकहरूले ढिलाइ गरिरहेको आरोप विभिन्न क्षेत्रबाट लाग्दै आइरहेको छ ।

एक महिनाभित्र  चतरामा फेरी चल्ने

उर्लाबारी -मोरङ), मङ्सिर ३ गते । सप्तकोसी नदीको तटबन्ध भत्किएपछि सुनसरीको चतरामा सञ्चालन गर्न लागिएको फेरी एक महिनाभित्र बन्ने बताइएको छ ।

सवारी साधन वारपार गर्नका लागि सरकारले फेरी सञ्चालनका लागि कात्तिकदेखि भौतिक पूर्वाधार निर्माणकार्य थालेकामा अब एक महिनाभित्रमा पूरा हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीले बताउनुभयो । फेरी सञ्चालनका लागि मङ्सिरको पहिलो सातासम्ममा भौतिक पूर्वाधार निर्माण पूरा गर्ने भनिए पनि सामान आइनपुग्दा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

यसैबीच चतरामा फेरी सञ्चालन भएपछि चहलपहल बढी हुने झुम्का-चतरा र धरान-चतरा सडक खण्डमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । भदौ २ गते सुनसरीको पश्चिम कुसाहा-४ मा नदीको तटबन्ध भत्किएपछि सवारी साधन अवरुद्ध भएको छ ।

 
अन्य शीर्षक
आयल निगमका तत्कालीन महाप्रबन्धकद्वारा भ्रष्टाचार
पौडेललाई मतदान गर्न आग्रह
एउटै दल तीनतिर र्फकंदा समस्या
बजेट ल्याउँछौँ भन्नु हास्यास्पदः रिजाल
गौतमलाई जिताउन प्रमको आग्रह
माओवादी बैठक स्थगित, प्रतिवेदनहरू विस्तारित बैठकमा संश्लेषण गरिने
कञ्चनपुरमा नक्कली नोटको बिगबिगी
तटस्थ नबस्नोस् : डा. रिजाल
परोपकार तथा प्रसूति अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउन सुझाव
निर्वाचनअघि नै चक्रब्यूह तोड्छौँ : प्रचण्ड



Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px
Designed & Maintained by: Rosebud Infotech