Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
किन असफल हुन्छन् 'सिनियर' खेलाडी
प्रजित शाक्य
 

कम उमेर समूह 'जुनियर' माथिल्लो उमेर समूह 'सिनियर' मा रूपान्तरित हुने चरण खेलाडीका लागि महत्त्वपूर्ण समय हो। 'जुनियर' स्तरमा अब्बल खेलाडी 'सिनियर' प्रतियोगितामा सफल हुन नसकेको उदाहरण विश्वमा धेरै पाइन्छ। नेपाली खेलवृत्तमा भने 'जुनियर'बाट 'सिनियर' स्तरमा पुग्दा खेलाडीमात्र होइन पूरा टिम नै तुलनात्मक रूपमा कमजोर बनिसकेको हुन्छ।

नेपाल र जोडर्नविरुद्धका खेलको सामान्य विश्लेषण गर्दा मात्र पनि कुरा छर्लङ्ग हुन्छ। सन् २००७ मा भएको एएफसी यु-१७ फुटबल प्रतियोगितामा नेपालले जोर्डनलाई ३-१ ले हराएको थियो। दुई वर्षपछि एएफसी यु-१९ मा प्रायः यिनै खेलाडी सहभागी यी दुई टिम पुनः भिड्दा नेपाल घरेलु भूमिमा जोर्डनसँग ३-२ ले हार्‍यो। त्यसपछि सन् २०११ मा विश्वकप छनोटमा नेपालले जोर्डनसँग ९-१ गोलको भारी बेहोर्‍यो। जोर्डनमा ९ गोलको भारी बोक्ने नेपाली टिममा रोहित चन्द, जगजित श्रेष्ठ, विशाल श्रेष्ठ, सुजल श्रेष्ठलगायत त्यही आधा दर्जन खेलाडी थिए जुन टिमले उमेर समूहमा सोही प्रतिद्वन्द्वीको चुनौती सहजै पार गरेको थियो।

क्रिकेटको कथा पनि उस्तै छ। टेस्ट नखेल्ने राष्ट्रबाहेक एसियाली उमेर समूह क्रिकेटमा नेपालको छवि अजय टिमको छ। एसीसी एसोसिएट राष्ट्रको भिडन्तमा नेपालले उमेर समूहका सबै उपाधि जितिसकेको छ। एसीसी यु-१९ को उपाधि लगातार चारपटक जितेर नेपालले राखेको कीर्तिमानछेउछाउ कुनै राष्ट्र पुगेको छैन। विश्वकप यु-१९ मा पनि टेस्ट खेल्ने राष्ट्रलाई समेत पछारेर प्लेट च्याम्पियन बनिसकेको टिम हो, नेपाल।

यसैबाट पत्ता लाग्छ, उमेर समूहमा नेपाली युवा खेलाडीको प्रदर्शन अब्बल छ। सन् २००२ को विश्वकप यु-१९ मा सलमान बट, उमर गुलजस्ता खेलाडी सामेल पाकिस्तान युवा टोलीलाई ३० रनले हराएको नेपालले सन् २००४ को यु-१९ विश्वकपमा दक्षिण अपि

|mकालाई पनि पराजित गरेको थियो। जुन टिममा भेरोन फिलान्डर र रियोल्फ भान डर्टजस्ता खेलाडी थिए। सन् २००६ मा यु-१९ विश्वकपको प्लेट च्याम्पियनसीप जित्दा नेपालले न्युजिल्यान्डलाई हराएको थियो। न्युजिल्यान्डका मार्टिन गुप्टिल सोही प्रतियोगिताबाट चम्केका हुन्। अहिले उनी राष्ट्रिय टिमका सबैभन्दा भरपर्दा ब्याट्सम्यान हुन्।

यतिमात्र होइन नेपालका प्रायः राष्ट्रिय खेलाडीले उमेर समूहमा युवराज सिंह, सुरेश रैना, दिनेश कार्तिक, इयोन मोर्गन, यासिर अराफत र नासिर जम्सेदजस्ता खेलाडीलाई पनि बराबरीको टक्कर दिइसकेका छन्। तर, अहिले 'सिनियर'स्तरमा उनीहरूसँग तुलना गर्दा हाम्रा खेलाडी कहीँ पनि भेटिँदैनन्। यी खेलाडीले विश्व क्रिकेटमा धाक जमाइसक्दा नेपाली खेलाडी आप

\mना समकक्षी खेलाडीलाई काँचको पर्दामा हेरेर ताली पिट्न बाध्य छन्।

माथिका उदाहरणले उमेर समूहमा विश्वका ठूला टिम र हाम्रो स्तरमा खासै भिन्नता देखिँदैन। तर, 'सिनियर'मा पुग्दासम्म टिमको भविष्य नराम्ररी बिगि्रसकेको हुन्छ। यस्तो किन हुन्छ ?

उमेर समूहमा बढी उमेरका खेलाडी खेलाउनु यसको प्रमुख कारणमध्ये एक हो। पक्कै पनि विभिन्न देशबीच अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा स्वरूप जस्तोसुकै भए पनि त्यहाँ प्रतिष्ठाको सवाल हुन्छ। यसैले होला नेपालले उमेर समूहमा खेल्दा धेरैपटक उमेरको नाममा धोका दिएको आभास भएकै छ। १४ वर्षमुनिका प्रतियोगितामा १६ वर्षमुनिका, अन्डर-१६ मा अन्डर-१८ का, अन्डर-१८ मा २० वर्षका खेलाडी खेलाउने 'फेसन' जस्तै बनेको छ।

सन् २००५ मा नेपालले एसीसी यु-१५ क्रिकेट खेल्नेक्रममा हाम्रा खेलाडीले अन्य देशका कलिला खेलाडीलाई देखेर लज्जाबोध गरे भनिन्छ। युएईका खेलाडीले भोजन समयमा नेपाली क्रिकेटरलाई अङ्कलजी भनेर बोलाएको र १५ वर्षको उमेर समूहमा केही खेलाडीको छातीमा रौँ आइसकेको सो भ्रमणमा जानेहरू अहिले पनि स्मरण गर्छन्।

अर्को कारण हो कमजोर घरेलु संरचना। नेपालमा क्रिकेट र फुटबल दुवैको घरेलु संरचना राम्रो मान्न सकिन्न। घरेलु क्रिकेटमा क्रिकेटरहरू वर्षमा मुस्किलले चार महिना पनि व्यस्त हुँदैनन्। एकदिवसीय र राष्ट्रिय क्रिकेटबाहेक अन्य प्रतियोगिता हुँदैन। विगतमा विष्णु ट्रफी, जयकर क्रिकेटजस्ता प्रतिष्ठित क्लब क्रिकेट प्रतियोगिता लोप हुँदै गएपछि पुराना क्रिकेट क्लब हराइसकेका छन्। क्यानले केही वर्षअघि क्षेत्रीय संरचना तयार पार्‍यो तर उसले क्लब क्रिकेट ब्युँताउने प्रयास गरेन।

फुटबलमा क्लब संस्व

[mति त छ। तर, त्यो बलियो छैन। क्लबहरू बलियो नहुँदा थुप्रैपटक फुटबलको व्यावसायिकता ठट्टा बनेको उदाहरण छ। क्रिकेटको तुलनामा फुटबलको घरेलु संरचना केही बलियो देखिए पनि त्यो वैज्ञानिक छैन। नेपालमा तीन महिना लिग चल्छ। त्यसबाहेक फुटबल क्यालेन्डरमा राजधानीमा एक/दुई नकआउट र मोफसलमा केही नकआउट प्रतियोगिता पनि समावेश हुन्छ। नेपाली फुटबलर करिब तीन महिना लिगमा अति व्यस्त हुन्छन्। फुटबलको नियमविपरीत दुई/तीन दिन बिराएर खेल्छन् त्यसपछि फाट्टफुट्ट नकआउटमा खेल्नेबाहेक अधिकांश समय खाली नै बिताउँछन्।

अन्तर्राष्ट्रिय 'एक्सपोजर' पनि पुगेको छैन। फुटबल र क्रिकेट दुवै क्रमशः एएफसी र एसीसीका प्रतियोगितामा भर परेका छन्। आफँै पहल गरेर खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिएको घटना बिरलै छ। फुटबल त झन् सार्क क्षेत्रमा मात्र केन्दि्रत छ। विश्वकप र एसियनकप छनोटमा एएफसीले नयाँ नियम लागू गरेपछि नेपाली फुटबल अझ मारमा परेको छ। फुटबलको सर्वोच्च संस्थाले एएफसी च्यालेन्ज कपलाई एसियनकप छनोट मानेको छ भने विश्वकप छनोटमा पनि प्लेअफको नयाँ नियम छ। जसले सीधा हिसाबमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेलमा आठदेखि दस खेल कटौती भयो भन्न सकिन्छ। विगतमा एसिया कप र विश्वकप छनोटको नाममा नेपालले थुप्रै राष्ट्रसँग खेल्ने मौका पाउँथ्यो। अहिले विश्वकप छनोटमा प्लेअफमा एउटा राष्ट्रविरुद्ध मात्र खेल्ने नियम छ। जितेमा मात्र दोस्रो चरणमा पुगिन्छ।

क्रिकेटमा 'एक्सपोजर'को कुरा गर्दा दक्षिण एसियामा रहेका टेस्ट खेल्ने राष्ट्र -भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश) हुँदाहुँदै पनि नेपाल क्रिकेट सङ्घले त्यसको अलिकति पनि फाइदा लिएको देखिँदैन। जसले नेपाली क्रिकेटर सधैँ प्रतिस्पर्धात्मक क्रिकेटको लालसामै रहने गरेको छ।

'सिनियर'स्तरमा आइपुग्दा खेलाडीमा 'जुनियर'स्तरमा जस्तो जोस जाँगर कायम नहुनु पनि स्तर खस्किनुको अर्को कारण हो भन्दा फरक पर्दैन। नेपालमा खेल व्यावसायिकताको कुरा जति गरे पनि यथार्थ के हो भने खेलाडीले खेलेर जीवनयापन गर्ने स्थिति बनिसकेको छैन। अझ ३० वर्ष पुगेपछि धेरैको खेल जीवन सकिन्छ जसले गर्दा खेलाडीहरू आप

\mनो बाँकी जीवनको गाडी कसरी गुडाउने भन्ने मानसिक दबाबबाट मुक्त भएका हुँदैनन्।

प्रतिभाशाली खेलाडीको विदेश पलायन पनि हामीले भुल्नु हुँदैन। खेलाडीका रूपमा भविष्य नभएर नै नेपालमा ठूलो मानसम्मान पाएका खेलाडी विभिन्न बहानामा विदेश पलायन हुनेक्रम बढ्दो छ। यसैगरी, भौतिक सुविधा आदिजस्ता पक्षमा पनि अन्य देश र नेपालको तुलना गर्दा आकाश जमिनको अन्तर छ।

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px