Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
चीन भ्रमणमा नेपाली युवाटोली
दीपक सापकोटा
 

ही मे १४ देखि २० सम्म नेपालको एक सय सदस्यीय युवाटोलीले चीनका विभिन्न स्थानको भ्रमण गर्नुका साथै अन्तर्त्रिmया पनि गर्‍यो। गत जनवरीमा नेपाल र चीनका प्रधानमन्त्रीबीच भएको युवा अनुभव आदानप्रदान सम्झौताअनुसार नेपालका विभिन्न क्षेत्रका युवाले चीन पुग्ने अवसर पाएका थिए। युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा भएको उक्त भ्रमणटोली नेता पूर्वयुवा तथा खेलकुदमन्त्री कमला रोका हुनुहुन्थ्यो।

त्यसो त नेपालबाट चीन भ्रमणमा गएको यो दोस्रो टोली हो। यसअघि सन् २०१० मा ३० सदस्यीय नेपाली युवाटोली चीन भ्रमणमा गएको थियो। त्यसको एक वर्षपछि चीनबाट युवाको एक टोली नेपाल भ्रमणमा आयो। संयोगले यो वर्ष नेपाल-चीन मैत्री वर्ष २०१२ को अवसरसमेत पर्न गयो। चीनले यसखालको सम्झौता अन्य देशसँग पनि गरेको छ। सन् २००५ मा चिनियाँ प्रधानमन्त्री बाओको भारत भ्रमणक्रममा चीन र भारतबीच पनि यसप्रकारको सहमति गरेका थिए।

एक सयजनाको टोली मे १३ तारिखको मध्यरातमा नेपालबाट हवाई यात्रा गर्दै भोलिपल्ट अपराह्न चीनको राजधानी बेइजिङ पुग्यो। उक्त टोलीलाई सर्वप्रथम नेपाली राजदूतावासका राजदूत तथा अन्य अधिकारीले स्वागत गरे। उक्त भ्रमणटोलीका अधिकांश सदस्यका लागि चीन भ्रमण नै पहिलो विदेश भ्रमण भएकाले धेरैको अनुहारमा उत्सुकता देखिन्थ्यो।

मे १५ तारिखमा औपचारिक निमन्त्रक 'अल चाइना युथ फेडेरेसन' ले बेइजिङको म्यारियट होटलमा नेपाली भ्रमणटोलीको स्वागत गर्‍यो। फेडेरेसनकी उपाध्यक्ष वाङ हुन पानले नेपाल र चीनका युवाको सहकार्यबाट दुई देशको परम्परादेखि रहेको मित्रता अझ उच्चस्तरमा पुग्ने आशा व्यक्त गर्नुभयो।

नेपाली टोलीको भ्रमण अवलोकन जनवादी गणतन्त्र चीनका संस्थापक अध्यक्ष माओ त्से तुङप्रति हार्दिक श्रद्धाञ्जलीबाट सुरु भयो। त्यसका लागि अध्यक्ष माओ स्मृतिहलमा रहेको माओको पार्थिव शरीर अवलोकन गराइएको थियो। मे १५ र १६ मा भ्रमणटोलीले बेइजिङको मुख्य स्थलहरू तियाननमेन स्क्वायर, इम्पेरियल म्युजियम

-फरविडन सिटी प्यालेस म्युजियम), नेसनल म्युजियम, गे्रटवाल भ्रमण गर्‍यो। गे्रटवाल संसारका सात मानवनिर्मित आश्चर्यमध्ये एक हो। भ्रमणक्रममा बेइजिङ पोलिटेक्निक कलेजमा लगी चिनियाँ अध्ययन पद्धति र व्यावहारिक शिक्षाको झल्को दिइयो। यसैगरी अटोमोबाइल, इन्जिनियरिङ, टेक्स्टाइलसम्बन्धी व्यावहारिक शिक्षाबारे जानकारी दिइयो। बेइजिङमा रहँदा टोली नेता रोकासहितले नौजनाको 'कोर टिम'ले चिनियाँ उपविदेशमन्त्री ली युचेङसँग अन्तर्त्रिmया गर्‍यो।

दुई दिनको बेइजिङ बसाइपछि नेपाली भ्रमणटोली आयोजकको छनोटअनुसार सिचुवान प्रान्तको राजधानी छेन्दु प्रस्थान गर्‍यो। सवा दुई घन्टाको हवाई यात्रापछि बेइजिङबाट छेन्दु पुगिन्छ। छेन्दुमा नेपाल र चीनबीचको मित्रताको चर्चा भयो र दुई देशबीचको परम्परागत मित्रतालाई अझ गाढा बनाउने दायित्व युवाको काँधमा आएको बताइयो। त्यसक्रममा सिचुवान प्रान्तका नेताहरूसँग भेटघाट गरे।

छेन्दुमा रहँदा नेपाली टोलीले सन् २००८ मे १२ मा गएको भूकम्पका कारण ध्वस्त सिचुवान प्रान्तको बेचुआन गाउँको भ्रमण गर्‍यो। त्यसबेला गएको आठ रेक्टर स्केलको भूकम्पबाट ७० हजारभन्दा बढीको मुत्यु, १८ हजारजति बेपत्ता र तीन लाखभन्दा बढी घाइते भएका थिए। भूकम्पलगत्तै चीन सरकार, प्रान्तीय सरकार एवम् युवा स्वयम्सेवकको पहलमा १० किलोमिटर टाढा नयाँ बस्ती बसाइएको थियो। उक्त बस्ती एक वर्षमै निर्माण गरिएको बताउँदा नेपाली टोलीका सदस्यहरू चीन र चिनियाँ जनताको साहस र क्षमता देखेर आश्चर्यचकित भएका थियौँ। भूकम्पबाट ध्वस्त भएको बस्ती चीन सरकारले उस्तै अवस्थामा संरक्षण गरेर राखेको रहेछ। उक्त स्थान भूकम्प तथा अन्य प्राकृतिक विपत्तिबारे अध्ययन गर्नका लागि असाध्यै उपयोगी पायौँ। एक वर्षमै नयाँ सहर बसाउन सक्ने तथ्य थाहा पाउँदा हामी नेपालीले पनि कम्मर कसेमा केही वर्षमै आफ्नो देशको विकास गर्न सक्ने हौसला मिलेजस्तो भयो।

छेन्दुमा रहँदा नेपाली भ्रमणटोलीले त्यहाँ रहेको सिचुवान विश्वविद्यालयका विद्यार्थीसँग अन्तर्त्रिmया गरेको थियो। चिनियाँ विद्यार्थीले त्यसक्रममा नेपालबारे विभिन्न जिज्ञासा राखे। धेरैजसोलाई नेपालबारे थाहा नभएको पायौँ। हामीले नेपाल सगरमाथा र गौतम बुद्धको देश भएको बताउँदै उनीहरूलाई नेपाल भ्रमण गर्न आग्रह गर्‍यौँ। त्यसक्रममा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको अनुभव पनि सुन्ने मौका मिल्यो। अहिले चीन सरकारको छात्रवृत्ति एवम् आफ्नै खर्चमा हजारौँ नेपाली विद्यार्थी सिचुवान विश्वविद्यालयलगायत चीनका तीन दर्जनजति विश्वविद्यालयमा चिकित्साशास्त्रलगायत विभिन्न विषय अध्ययन गरिरहेका छन्। छेन्दुमा रहेको ठूला पान्डा संरक्षण केन्द्र र चाङहोङ कर्पोरेसनको मुख्य कार्यालय तथा उत्पादन केन्द्रको भ्रमण पनि फलदायी भए।

यसप्रकार सातदिने चीन भ्रमणपछि मे २० मा नेपाली टोली हङकङको बाटो हुँदै काठमाडौँ फक्र्याे। दुई अति राम्रा छिमेकी देश भएर पनि जनस्तरमा घनिष्ठ सम्बन्ध विकास हुन नसकेका नेपाल र चीनबीच यस्ता भ्रमण निकै उपयोगी र शिक्षाप्रद हुने अनुभव गरियो। हुन त युवा अनुभव आदानप्रदान भनिए पनि यो भ्रमण चीनको विकास, जीवनपद्धति, प्रगतितर्फ त्यहाँको जनतामा रहेको उत्साह र उमङ्गबारे अध्ययन गर्ने प्रशिक्षणमूलक कार्यक्रमजस्तो पनि भयो। विश्वको महाशक्ति राष्ट्र बन्न लागेको चीनबाट मूलतः नेपालीले आर्थिक विकासबारे अध्ययन गर्न सकिने देखियो।

चीन र नेपालबीच परम्परादेखि नै राम्रो सम्बन्ध रहेको छ। अल चाइना युथ फेडरेसनका पदाधिकारीले उल्लेख गरेझैँ दुवै देशका पुर्खा र अग्रजले मजबुत बनाएको सम्बन्ध अझ प्रगाढ बनाउने जिम्मा दुवै देशका युवाको काँधमा आएको छ। त्यसका लागि यस्ता युवाटोलीको आदानप्रदान निकै राम्रो उपाय हुन सक्छ। तर, त्यसका लागि टोलीको उचित निर्माण, पात्रहरूको उचित छनोट, पर्याप्त गृहकार्य, भ्रमण बढीभन्दा बढी अन्तर्त्रिmयामुखी बनाउन जरुरी छ। युवालाई केन्दि्रत गर्नुपर्ने बेलामा मन्त्रालयका कर्मचारी आवश्यकताभन्दा बढी समावेश गर्ने कार्य एवम् मन्त्रायलका कुनै अमूक कर्मचारी एवम् अन्य क्षेत्रका उच्च पदस्थले आफ्ना आफन्त घुसाउने कार्यले टोलीको ओजलाई घटाएको प्रस्ट देखियो। मन्त्रालयबाट आवश्यक कर्मचारी छनोट गर्दासमेत युवाटोलीमा समावेश गर्न नसुहाउने पदाधिकारी हाल्दा भ्रमणलाई समन्वय गरिरहेका चिनियाँप्रति नेपालको सकारात्मक सन्देश नगएको देखियो।

 

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px