Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
गडफादर दसनायके
प्रजित शाक्य
 

मलेसियामा हुने एसीसी यु-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा हुँदा धेरै आश्चर्यमा परे। आश्चर्यमा पर्नु स्वाभाविकै थियो। २४ सदस्यीय प्रारम्भिक छनोटमै नपरेका दुई खेलाडी सौरभ खनाल र रामनरेश गिरीले सोझै मलेसिया जाने अवसर पाएका थिए। यी दुईलाई नेपाली क्रिकेट प्रशिक्षक दसनायकेले सीधै मलेसिया जाने अन्तिम टोलीमा राखेका थिए। यी दुई मात्र होइन डिसेम्बरमा सम्पन्न एसीसी टि-ट्वान्टी छनोटका बेला पनि प्रशिक्षक दसनायकेले प्रारम्भिक टोलीमै नपरेका विकेटकिपर ब्याट्सम्यान सुभाष खकुरेललाई सीधै चयन गरेका थिए।

यस अर्थमा दसनायके ती खेलाडीका लागि गडफादर नै बने। गडफादर अर्थात् अवसर जुराइने व्यक्ति। सम्भावना बोकेकाहरूको क्षमता हेरेर उनीहरूलाई अवसर प्रदान गर्ने व्यक्तिलाई गडफादरका रूपमा लिने चलन छ। यस अर्थमा पनि उनी गडफादर बने।

सोझै खेलाडी चयन गर्नु प्रक्रियागत दृष्टिले सही हो त ? यस्तो निर्णयले प्रारम्भिक छनोटमा परेका अन्य खेलाडीलाई अन्याय हुँदैन भन्दा उनी प्रतिप्रश्न गर्छन्, 'यी दुई प्रतिभाशाली खेलाडी किन प्रारम्भिक चरणमा परेनन् त ?' प्रशिक्षक दसनायके भन्छन्, 'इन्डियन एम्बासडर्स कप र छैटौँ राष्ट्रिय खेलकुदमा भएका खेलबाट प्रभावित भएर यी दुईलाई सीधै टिममा ल्याएको हुँ।' यतिबेला नेपाली क्रिकेट टिमको छनोट समिति अस्थायी भएकाले होला दसनायकेलाई यस्तो निर्णय गर्न सहज बन्यो। नेपाल क्रिक्रेट सङ्घ -क्यान) ले प्रथम यु-१९ क्रिकेटपछि विजयकुमार शर्माको संयोजकत्वमा रहेको खेलाडी चयन समिति विघटन गरेको थियो। त्यसैले माघदेखि क्यान आफैँले खेलाडी चयन गर्दै आएको छ। तथापि क्यानले अन्तिम छनोटमा भने दसनायकेको निर्णयलाई नै सदर गर्दै आएको छ।

दसनायकेले यसै ब्रहृमास्त्र प्रयोग गरी सौरभ र रामनरेशलाई टिममा ल्याए। उनको भनाइ छ, ''प्रतिभावान् खेलाडीलाई टिममा ल्याउन चलखेल गर्नुहुँदैन। हकदार छन् भन्ने मौका दिनुपर्छ। सौरभ र रामनरेश दुवै स्वीङ बलर हुन्, हामी मलेसियापछि अस्ट्रेलियामा यु-१९ विश्वकप क्रिकेट खेल्दै छौँ, अस्ट्रेलियाको तेज पिचमा यी दुई बलर निकै उपयोगीसिद्ध हुन सक्छन्।'' उनका अनुसार रामनरेश बाउन्सरले पनि ब्याट्सम्यानलाई काबुमा राख्न सक्छन्।

नयाँ मात्र होइन, घरेलु क्रिकेटमा स्थापित खेलाडीको क्रिकेट जीवन उकास्न पनि दसनायके दत्तचित्त भएर लागिपरेका छन्। राष्ट्रिय टिमलाई प्रशिक्षण दिने नियमित जिम्मेवारी त छँदै छ, त्योबाहेक जिम्मेवारीमा नपरेको काम पनि गर्दै छन्, उनी खेलाडीलाई एक्सपोजर दिन विदेशमा नेपाली क्रिकेटरका लागि आफैँ क्लब खोजेर। नेपाली क्रिकेटरमा प्रचुर प्रतिभा छ तर उनीहरू ६ महिनाभन्दा बढी खाली बस्दा दसनायके दिक्क बनेका छन्। त्यसैले पनि नेपाली खेलाडी विदेशमै खेलेर भए पनि क्रिकेटमा व्यस्त् छन् र यसको फाइदा नेपाली क्रिकेटलाई मिलोस् भन्ने दसनायकेको चाहना छ।

उनकै पहलमा अहिले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का क्यानाडाको ओन्तारियो क्लबबाट व्यावसायिक क्रिकेट खेल्दै छन्। दसनायकेकै प्रयासमा इन्डियन पि्रमियर लिगको पहिलो संस्करण विजेता राजस्थान रोयल्समा शक्ति गौचनले 'ट्रायल' दिने मौका पाए। भलै शक्तिले टिममा स्थान बनाउन सकेनन् तर यसले नेपाली क्रिकेटमा लाग्नेहरूलाई ठूलो प्रेरणा र ऊर्जा दिएको छ।

त्यतिमात्र होइन दसनायकेले नेपालका तेज बलरद्वय चन्द्र साउद र अमृत भट्टराईलाई पनि श्रीलङ्काको यु-२३ लिग क्रिकेट खेल्ने वातावरण मिलाइसकेका छन्। अहिले विनोद भण्डारीका लागि पनि विदेशमा क्रिकेट खेल्ने कुरा भइरहेको छ। अमृत र चन्द्र श्रीलङ्का अथोरिटी क्रिकेट क्लबमा आबद्ध भएका हुन्।

आप\mनो जिम्मेवारीभन्दा बाहिर गएर नेपाली क्रिकेटरका लागि गरेका यी कार्यले दसनायके गडफादर बन्दै छन् भन्दा फरक नपर्ला। नियम मिचेर प्रतिभाशाली क्रिकेटरलाई टिममा ल्याए पनि उनको कामलाई नराम्रो भन्न मिल्दैन। सो कार्य पनि नेपाली क्रिकेटकै हितमा देखिन्छ। सायद क्यानले सौरभ र रामनरेशको प्रतिभा पहिचान गरेको भए दसनायके नियमबाहिर जानु पर्दैनथ्यो होला।

विश्व खेलकुदमा गडफादरको नजरमा परेर धेरै खेलाडीले आप\mनो प्रतिभा प्रस्फुटन गरेर आप\mनो भाग्य चम्काएको धेरै उदाहरण छन्। त्यसैले अब पारस, चन्द्र, अमृतमात्र होइन सौरभ र रामनरेशले प्राप्त गरेको मौकाको फाइदा उठाउन जरुरी छ। पारसले क्यानाडामा र अमृत र चन्द्रले श्रीलङ्कामा प्राप्त गर्ने व्यावसायिक क्रिकेटको अनुभवले नेपाली क्रिकेट टिम अझ सशक्त हुनेमा दुईमत हुन सक्दैन।

अब सौरभ र रामनरेशलाई मैदानमा खरो उत्रनुपर्ने चुनौती छ। किनभने गडफादरको सहारामा खेलाडीले टिममा प्रवेश त पाउँछन् तर मैदानमा बल र ब्याटबाट प्रदर्शन उनीहरू स्वयम्ले गर्नुपर्ने हुन्छ। गडफादरको सहयोगमा उनीहरू टिममा त परे तर उनीहरूलाई राष्ट्रिय टिममा नियमित स्थान दिई मैदानमा गरिने प्रदर्शनले मात्र दिलाउन सक्छ। á

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px