Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
कागजमा मात्र पोखरी
सरोजकुमार आचार्य
 

काठमाण्डौ उपत्यकाको जनजीवनसँग गाँसिएका पोखरीहरू क्रमिक रूपमा हराउँदै र भएका पोखरी पनि डिल मिचिएर क्षेत्रफल साँघुरिँदै गएका छन्। कतिपय पोखरी पानीविहीन अवस्थामा पुगेका छन् भने एकाध नाम चलेका पोखरी भने अझै भेटिन्छन्। पोखरी पुरेर जमिन बनाउने र पोखरी नै दान बक्स दिने तत्कालीन केही शाहवंशीय राजाले पनि पोखरी लोप गर्ने कार्यमा सघाए। कतिपय पोखरी भने शाहवंशीय राजाले नै बनाउन लगाएको पनि इतिहास छ।

यसको ज्युँदो इतिहास भनेको काठमाडौँ महानगरपालिका वडा नं. २३ मा पर्ने कमलपोखरी हो। कुल ४७ रोपनी क्षेत्रफलमा फैलिएको यो पोखरी डिल मिचिएर करिब ४३ रोपनीमा साँघुरिन पुगेको छ।

राजा प्रतापसिंह शाहले नुवाकोटबाट हनुमानढोका दरबारमा साथै ल्याएका कडेलचोक भगवतीलाई नित्य कमलको फूल चढाउन भइरहेको पोखरीमा कमलको बीउ छरेर कमलको फूल उमारेपछि यो पोखरी कमलपोखरीका नाममा चर्चित हुन पुग्यो। राजा प्रतापसिंह शाहले यो फूल रोप्नुअगाडि पोखरीलाई भीमजुजु पोखरीका नामले चिनिन्थ्यो। सम्भवतः राजा भीम मल्लले यो पोखरी बनाएकाले यसलाई भीमजुजु भनिएको थियो तर मल्ल राजाको पतनसँगै पृथ्वीनारायण शाहले नुवाकोटबाट दरबार सारे। यहीक्रममा उनकै जेठा छोरा प्रतापसिंह शाहले कमलको बीउ छरेर उक्त पोखरीलाई कमलपोखरी भनाएर भीमजुजु पोखरीको चल्ती नामउपर पनि अतिक्रमण गरेका हुन् कि भन्ने लाग्छ। क्षेत्रफल घटे पनि यो पोखरी कायम नै छ तर यहाँ कमलको फूल फुलेको वा उक्त फूल कडेलचोक भगवतीमा नित्य चढेको देख्न पाइन्न। कमलपोखरीका डिलहरू कतै बाटो त कतै सवारीसाधन पार्किङस्थल बनाउनेक्रममा माटो भरेर पुर्ने काम भइरहेको छ। उक्त पोखरी हाल कृषि मन्त्रालय वा गुठी संस्थान कसको भोगाधिकारमा छ भन्ने विवादले गर्दा पनि कमलपोखरीको उचित संरक्षण हुन नसकेको हो भन्ने गुठी संस्थानको ठहर छ। राजा वीरेन्द्रले आˆनो राज्याभिषेक आसपास सो पोखरीमा माछा पालेर व्यवसाय गर्ने गराउने उद्देश्यले कृषि मन्त्रालयलाई भोग गर्न दिएको भन्ने कागजात र भीमजुजु पोखरी गुठी संस्थानको साबिक लगतमै रहेकाले यो गुठी संस्थानकै हो भन्ने आपसी विवादले जग्गा मिच्नेलाई पनि सजिलो हुन गएको गुठी संस्थानको ठम्याइ छ। त्यसो त गुठी संस्थानकै मातहतका काठमाडौँका चारवटा पोखरी पुरेर कुनै व्यक्तिका नाममा दर्ता भएका छन् भने कतै बाटो खुलेका छन्। कतै घर बनाउन सरकार स्वयम्ले पोखरी पुर्न सघाएका छन्। मिल्तँुपोखरी, सिन्दुवालपोखरी, इखापोखरी, खापोखरी, केटाहिटीपोखरी कहाँ छन् ? भौतिक रूपमा यसको अवस्था नरहे पनि कागजमा भने पोखरी सुरक्षित छन्।

वि.सं. १८३३ सालको लालमोहर -राजा प्रतापसिंह शाहको समयमा) मा मात्र सीमित छन्।

पोखरी खोज्ने प्रयास

मिल्तँु, सिन्दुवाल, इखा, केटाहिटीपोखरी के कस्ता हालतमा छन् भन्ने विषयमा तत्कालीन राजा वीरेन्द्र शाहबाट २०४३ सालमा पहिलोपटक खोजिनिती गर्ने प्रयास भएको थियो तर यो प्रयास बीचमै तुहिएको छ। तत्कालीन राजा वीरेन्द्रको प्रमुख सचिवालयले यी पोखरीको अवस्थाबारे एक सामान्य अध्ययन गराएको भए पनि पोखरी संरक्षणमा भने सफलता पाउन सकेन। सोबारे मिल्तुँपोखरी उपत्यकाभरि नै खोज्दा कतै फेला नपरेको, सिन्दुवालपोखरी सम्वत् १९३० सालतिर डिठ्ठा पद्यनाथ पाध्यायले दुई सय रुपियाँ लगाई पुरेर खेत बनाएको र इखापोखरी ठँहिटीदेखि उत्तर कवाबहाल क्षेत्रपाटी पूर्वतर्फ रहेको भन्ने सअ सुनिएको तर सो पोखरी फेला नपरेको भन्ने अध्ययन टिपोट तयार गरी तत्कालीन मन्त्रिपरिषद् सचिवालयमार्फत गुठी संस्थाले तत्कालीन राजा वीरेन्द्रसम्म कुरो पुर्‍याउने प्रयास गर्‍यो। त्यतिबेलाको मन्त्रिपरिषद्ले कम चासो गरेकाले पोखरी खोज्ने कार्य रोकिएको गुठी संस्थानले जनाएको छ।

अर्को खापोखरी रहेको कित्ता नं. १३८९ क्षेत्रफल आठआना दुई पैसा दुई दाम जग्गा विश्वचन्द्र, उद्योगचन्द्र, महेन्द्रचन्द्र, अष्टचन्द्र, विदुरचन्द्र र प्रतापचन्द्रका नाममा २०३६ सालमा नापीका समयमा पोखरी कटाई जग्गा कायम भएको सअ फिल्डबुक उतार मन्त्रिपरिषद्समक्ष नपुगेको होइन। मालपोत कार्यालयसमेतमा पोखरी कटाई व्यक्तिका नाममा जग्गा कायम भएको कारबाही चलिरहेको भन्ने त्यतिबेलाका कागजातबाट देखिए पनि यसको टुङ्गो अझै नलागेको अवस्था छ।

खापोखरीबाहेक इखापोखरी भने न्यौखाटोलमा पत्ता लागेको र पोखरी पुरेर त्यहाँ कन्या मन्दिर स्कुलको प्राङ्गणसमेत निर्माण भएको त्यतिबेला अध्ययनक्रममा पाइएको थियो।

सिन्दुवालपोखरी भने डिठ्ठा पद्यनाथले पुरेर खेत बनाएको भए पनि हाल तत्कालीन पश्चिमतर्फका कमान्डिङ जनरल फत्यशमशेर राणाको क्याम्पमा परेकाले सो पोखरी पुरेर हाल प्रहरी प्रधान कार्यालय खडा भएको त्यतिबेलाको अध्ययनबाट पाइएको थियो।

केटाहिटीपोखरी काठमाडौँ महानगरपालिका वडा नं. १७ मा पाइएको भए पनि हाल सो पोखरी गुठी संस्थानले गुठी तैनाथी -मोही हक नभएको एकलौटी) का रूपमा व्यावसायिक प्रयोजनका लागि लिजमा दिने प्रयास गर्दै छ। यसबाहेक सोह्रखुट्टे पाटी पश्चिमतर्फ विष्णुमती लिङ्करोड निर्माणक्रममा पाँडेपोखरी पुरिएको छ भने लेखनाथ सदन निर्माण भएको जमिन पनि सुरुमा अर्को पाँडेपोखरी नै रहेको जेष्ठ नागरिकका स्मृतिबाट हराएको छैन। पृथ्वीनारायण शाहका कपर्दार भोटु पाँडेले सो पोखरी निर्माण गराएको अभिलेख गुठी संस्थानसँग छ। पाँच रोपनी बढी जग्गामा फैलिएको यो पोखरी हाल छैन।

नक्सालमा समीरशमशेर राणाको जग्गामा रहेको बच्चापोखरी पनि अब किंवदन्ती विषयमात्र बन्न पुगेको छ। राति बच्चा चिच्याएको आवाज सुनिने भएकाले यो पोखरी बच्चापोखरीका नामले चिनिएको स्थानीय जेष्ठ नागरिक बताउँछन्।

नक्सालनिवासी ६९ वषर्ीय मत्स्येन्द्रलाल श्रेष्ठ भन्नुहुन्छ, ''नक्साल बालमन्दिरको ढोकाअगाडि नै सीता महारानीको दरबारबाहिर पनि ठूलो पोखरी थियो। भगवतीबहाल मन्दिरछेवैमा पनि हेर्नलायकका पोखरी थिए। लैनचौर डेरीपछाडि पनि लैनपोखरी नामले चिनिने ठूलो पोखरी थियो।

गौचरण ज्ञानेश्वर -हाल सडक विभाग डिभिजन सडक कार्यालय) रहेको छेउमा गौचरपोखरी पनि नामी पोखरी थिए। ती पोखरी तत्कालीन राजा महेन्द्रले पुर्न लगाई आˆना सेवकलाई घरघडेरीका लागि बक्स गरिदिएका हुन् रे।

दशरथ रङ्गशाला बनेको ठूलो धापपोखरी रानीपोखरीपछिको आकर्षक पोखरीका रूपमा थियो। त्यहाँ बेमौसम र बेजाते फूल फुल्थे। खेती किसानी गर्नेहरू त्यहीँ हातगोडा धुन्थे। अब यो पोखरी देखिन्न मत्स्येन्द्रलाल श्रेष्ठ अनुभव सुनाउनुहुन्छ।

केटाकेटी र ठिटो अवस्थामा सअ पनि काठमाडौँका धेरैले यी पोखरीमा डुबुल्की मार्ने र पोखरीका डिलमा बसेर गफगाफ गर्ने गरेको संस्मरण श्रेष्ठलाई अझ पनि ताजै छ। काठमाडौँमा या त खेतबारी थिए या त कम्पाउन्डबारेका राणाजीका दरबार थिए। मनोरञ्जन गर्ने थलो नै यिनै पोखरी थिए तर अहिले पोखरी सबै मासिए उहाँ दुःखेसो पोख्नुहुन्छ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलिया पोखरी मासिनुमा तत्कालीन प्रशासनको दोष देख्नुहुन्छ। गुठी संस्थान स्थापना हुनुअगाडि नै तत्कालीन प्रशासनले पोखरी संरक्षण गरिदिएको भए अहिले पोखरी कहाँ छन् भनी खोजिहिँड्नुपर्ने थिएन। गुठी संस्थान स्थापना भएपछि पोखरीका कागजमात्र गुठीमा आयो। त्यसबीच पोखरीवरिपरि बाटो बनेका पोखरी बचे भने बाटो नभई व्यक्तिको जग्गाको साँधमा परेका पोखरी बेपत्ता भए। भएको कमलपोखरी पनि साबिक कागज गुठीमा छ तर कृषि मन्त्रालयलाई माछा पाल्न दिइएकाले स्वामित्व विवादले कमलपोखरी अलपत्र पर्‍यो, यसको टुङ्गो अझै लागेको छैन थपलिया भन्नुहुन्छ। तराईमा रहेका दर्जनौँ पोखरी संरक्षित छन्। रामसागर र धनुषसागरबाहेक अन्य पोखरीमा व्यावसायिक रूपमा माछापालन भइरहेका पनि छन्। पोखरीको यस्तो उपयोग हुन सकेको भए काठमाडौँ उपत्यकाबाट यसरी पोखरी नहराउने, नमिचिने हुन सक्थ्यो तर तत्कालीन प्रशासनले चासो दिएनन्।

पोखरी हेर्न मात्र होइन, पर्यावरण सन्तुलनका लागि पनि बनाइन्थे, त्यसमा धार्मिक कारण जोडेपछि पोखरी सुरक्षित रहन्छ भन्ने उहिल्यैको चिन्तन थियो। धार्मिक कारण बोकेका पोखरी केही बचेका पनि छन्। आगलागी हुँदा पानीको तत्काल जोहो गर्न, सुख्खायाममा सिँचाइ गर्न पनि पोखरी निर्माण गरिन्थे तर हिजोआज पोखरी मिच्न र लोप गर्न नै मानिस उद्यत छन्। पोखरी मिच्नेलाई कारबाही गर्न पनि सकिएको छैन। राज्यले चासो नदिने हो भने कसरी पोखरी संरक्षण होला र ? कमलपोखरीमा ढल मिसाइएको ज्वलन्त उदाहरण दिँदै प्रवक्ता थपलिया भन्नुहुन्छ।

पोखरी संरक्षण कसरी ?

गुठी संस्थानको सोचमा पोखरी संरक्षण स्थानीय निकायलाई जिम्मा दिनु उचित हुन्छ। तराईका पोखरी यसरी नै संरक्षण हुन सकेका हुन्। बारा, पर्सा, महोत्तरी र धनुषामा प्रशस्त पोखरी छन्। स्थानीय निकायको चासोमा यी पोखरी संरक्षित छन्। व्यावसायिक रूपमा माछापालन गरेर पनि पोखरी जोगिएका उदाहरण छन्। भक्तपुर र पाटनमा स्थानीय निकायले नै पोखरी संरक्षण गरेको छ। स्थानीय व्यक्ति र समाज पनि पोखरी संरक्षणमा चनाखो छ गुठी संस्थानका प्रवक्ता सरोज थपलिया भन्नुहुन्छ।

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px