ग्ाणेश थापाको नाम नसुन्ने फुटबलपे्रमी नेपाली सायदै होलान्। ४० र ५० को दशकका नेपाली फुटबल टोलीका प्रसिद्ध खेलाडी तथा कप्तान थापा अहिले अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष छन्। उनको परिचय यतिमा मात्र सीमित छैन, अन्तर्राष्ट्रिय फुटबल
महासङ्घ -फिफा) को यु—१७ विश्वकप आयोजक समितिका सदस्य, एसियाली फुटबल महासङ्घ -एएफसी) उपाध्यक्षका साथै एएफसी प्रेसिडेन्ट कप तथा एएफसी च्यालेन्ज कप आयोजक समितिका अध्यक्ष पनि हुन् थापा। थापासँग उनको जीवनको पहिलो कमाइबारेमा गरिएको छोटो कुराकानी ः
. पहिलो कमाइ ?
- आजभन्दा ३१ व्ार्षअघि सन् १९८१ म्ाा।
. कुन कामबाट ?
- फुटबल खेलाडी हुँ, फुटबलै खेलेर। सन् १९८१ म्ाा बङ्गलादेशको मोहम्मदन स्पोर्टिङ क्लबबाट फुटबल खेल्दा।
. कमाइ कति थियो ?
- वाषिर्क झन्डै दुई लाख रुपियाँ।
. के गरियो त्यो कमाइबाट ?
- त्यतिबेला बीए पढ्दै थिएँ, अविवाहित थिएँ। मोटरसाइकल, क्यामेरा, चस्माजस्ता आफूलाई चाहिने चिज किनियो। घरपरिवारलाई पनि उपहार किनियो।
. अनुभव कस्तो रहृयो, पहिलो कमाइको ?
- अनपेक्षित थियो। चरम आनन्दको अनुभव भयो। गौरवका साथै आफनो अस्तित्वप्रति आत्मविश्वास जाग्यो।
. अहिलेको कमाइ तथा त्यो पहिलो कमाइबीचको कस्तो भिन्नता महसुस हुन्छ ?
- त्यतिबेला केही दायित्व थिएन । हिच्किचाहट थिएन न त चिन्ता नै केही थियो। मनलाग्दो तरिकाले खर्च गरियो। अहिले घरपरिवारको दायित्व छ, जिम्मेवारीपूर्वक खर्च गरिन्छ।
. पहिलो कमाइको संस्मरण हिजोआज पनि हुन्छ ?
- पक्कै पनि। कहिलेकाहीँ जग्गामा लगानी गरेको भए हुन्थ्यो जस्तो लाग्छ, त्यतिबेला रोपनीको ४०/५० हजार रुपियाँमा काठमाडौँका राम्रा ठाउँमा जग्गा पाइन्थ्यो।
. पहिलो कमाइबाट प्राप्त अनुभव, शिक्षा आप\mना सन्तानसँग बाँडिएको छ ?
- मार्गदर्शनका रूपमा बाँड्छु।
. अहिलेको त्यस्तो कुनै कमाइ जसले पहिलो कमाइजस्तै गौरव तथा सन्तोष दिएको छ ?
- सन् १९८८ मा प|mान्समा आयोजित विश्वकपको टेक्निकल कमिटीमा काम गर्दा तथा फिफामा काम गर्दा हुने कमाइले निकै गौरव तथा सन्तोषको अनुभूति गराउँछन्।
. अमृत कँडेल