करोड नेपालीमा मैले केवल एउटै मानिस खोजेको छु, जसले मेरो सारा कृति अध्ययन र मनन गरिदेओस्, मलाई बिर्सेर, रिस, राग, द्वेषबाट अलग्ग भएर विशुद्ध आलोचना गरिदेओस् जसबाट म केही जान्न पाउ"m"- भीमनिधि तिवारी
यतिखेर हामी भीमनिधि तिवारी शतवाषिर्की मनाइरहेका छौँ र करिब अन्त्यमा आइपुगेका छौँ् एक वर्षको यस अवधिमा लाग्छ- साहित्यिक क्षेत्र र राष्ट्रले भीमनिधिलाई त्यति सम्झना गरेन् २०२० भदौ ३ गते साहित्यिक पत्रकार उत्तम कुँवरलाई लिएको अन्तर्वार्ता -स्रष्टा र साहित्य)मा भनेजस्तै उहाँको सन्दर्भमा हामीले न्याय गर्न सकिरहेका छैनौँ् त्यसो त राजनीतिको फेर समाएर, चाकडी गरेर, पछि लागेर प्रचारमा आउनुभन्दा तिवारीले भनेजस्तै एक करोडमा एउटा असली पाठक नै ठूलो कुरो हो् भीमनिधि तिवारीलाई धेरै लेख्ने तर गतिलो नलेख्ने भनेर पन्छाइयो, लाग्छ उहाँको शताब्दी वर्ष लाग्दासम्म यो प्रवृत्तिमा कमी आएको छैन् साहित्यिक स्रष्टामाथि भएको एउटा अन्यायको उदाहरण हो, उहाँ्
नेपाली साहित्यमा खासगरी सरल र यथार्थवादी नाटक लेखन, कथा, गीत, गजल, उपन्यास, निबन्ध र प्रबन्ध विधामा निरन्तर कलम चलाएर अनेकौँ कृति दिनुहुने भीमनिधि तिवारीले वि.सं. २०१७ सालमै 'विस्फोट' कवितासङ्ग्रहका लागि मदन पुरस्कार पाउनुभएको थियो् जीवनमा ६२ वर्षको उमेरमात्र पाउनुभएका भीमनिधि तिवारीले ३८ वर्षको साहित्यिक यात्रामा चार दर्जन कृति प्रकाशमा ल्याउनुभयो् जीवनमा दुःखकष्ट झेल्दै दुर्घटनाबाट बच्दै जागिरे जीवन, पारिवारिक दायित्वबाट उबे्रको समयमा पनि साहित्यमा सक्रिय भएर लागिपर्ने भीमनिधि तिवारी नेपाली भाषा र साहित्यका श्रद्धेय व्यक्तित्व हुनुहुन्छ् १९६८ साल फागुन ३० गते काठमाडौँको डिल्लीबजारमा जन्मनुभएका तिवारीको पहिलो कविता 'गोरखापत्र' मा वि.सं. १९९१ मा प्रकाशित भएको थियो् १९९१ सालबाट थालिएको उहाँको साहित्यिक यात्रा जीवनपर्यन्त रहृयो् उहाँको नेपाली सामाजिक कहानी -जेठोदेखि मन्तरेसम्म गरी १० भाग), तर्पण, कवितानन्द, वर शिक्षा, यशश्वी शव, विस्फोट, कविताकुञ्ज, तिवारी सूक्तिसङ्ग्रह, सिंहदरबार, तितौरा र मस्यौरा, बत्तीसपुतली, तिवारीका अप्रकाशित कविता, चाडवाडजस्ता काव्य कवितासङ्ग्रह प्रकाशित छन्् यस्तै, चौतारा लक्ष्मीनारायण, शिलान्यास सहनशीला सुशीला, एकाङ्की पल्लव, एकाङ्की कलीलगायत १९ नाटक एकाङ्कीसङ्ग्रह, गीत-भजन, गजलका दुई र उपन्यास, निबन्धका एक/एक कृति प्रकाशित भइसकेका छन््
भीमनिधि तिवारीले वि.सं. १९९५-२०२८ सम्ममा नाटक, एकाङ्की गरी ४४ पुस्तक प्रकाशित गराइसक्नुभएको थियो भने 'आत्महत्या' नाटकसङ्ग्रह उहाँको निधनपछि २०३३ मा मात्र प्रकाशित भयो् नाटक लेख्नमात्र होइन २००७ साल फागुन २० गते शनिबार लेखनाथ पौड्यालले विधिपूर्वक उद्घाटन गर्नुभएको नेपाल नाटक सङ्घको संस्थापक एवम् अध्यक्ष भएर पनि उहाँले प्रशस्त काम गर्नुभयो् यस्तै कवि शिरोमणि लेखनाथ पौड्यालको 'गौरी गौरव', तिवारीको 'राजेन्द्र-लक्ष्मी' जस्ता नाटक मञ्चन गरिए् २००९/१० को बजेटबाट तत्कालीन राजा श्री ५ त्रिभुवनबाट नाट्यशाला निर्माणका लागि ९० हजार रुपियाँसमेत प्रदान गरिएको थियो् नाटक लेख्दा दृश्य पक्षलाई बढी ध्यान दिने भएकाले पनि होला उहाँले नाट्य गतिविधिमा आफूलाई सक्रिय राख्नुभयो् समालोचक गोपीकृष्ण शर्माले भन्नुभएको छ, "नाटककार तिवारी नेपाली नाट्य क्षेत्रमा एक युग हुन्् समले कविता, नाटकको थालनी गरेका बखत र केही समयपछि गोपालप्रसाद रिमालले समस्या नाटक लेखेर फोटोग्राफिक यथार्थलाई व्यक्त गर्दै रहेको परिपे्रक्ष्यमा तिवारीको नाट्य रचना शृङ्खला एउटा बगिरहेको सामाजिक, ऐतिहासिक नाट्यधारा रह्यो, जसले आˆनो अलग पहिचान कायम गरेको छ् यस अर्थमा तिवारी नेपाली नाट्य साहित्यका उल्लेखित प्रतिभा हुन्, आदर्शोन्मुख सामाजिक तथा ऐतिहासिक यथार्थवादी नाट्यकृतिका विशिष्ट स्रष्टा हुन््
साहित्यकार तिवारीका सुपुत्रीद्वय डा. बेन्जु शर्मा र मञ्जु काँचुलीलाई प्रसिद्ध नाटककार विजय मल्लले दिनुभएको अन्तर्वार्ता -तिवारी नाटक-साहित्यको विश्लेषणात्मक अध्ययन, २०५४) मा मल्ल भन्नुहुन्छ, "उहाँका नाटक बहुत सरल, उहाँको मनोवैज्ञानिक विश्लेषण पनि सबैले बुझिनेखालको छ, अहिलेजस्तो नबुझिने अस्पष्टता थिएन् कथाहरू पनि धेरै स्पष्ट छन् नि् कुनै-कुनै अलि दार्शनिकखालका कथा पनि छन्् तर, उहाँलाई आलोचकहरूले स्थान नदिँदा मलाई अचम्म लाग्छ् आलोचकहरू के हुन् अचम्म लाग्छ् आलोचकहरूले महत्त्वलाई नै बुझेको छैनन््"
अरूले बुभ\mने भाषामा सरल र सहज साहित्य लेख्ने तिवारीलाई चाहिँ धेरैले बुझ्न सकेनन् वा बुझेर पनि बुझपचाइदिए् अहिले शताब्दी वर्ष मनाउँदासमेत उहाँका बारेमा कलम चलाउनेहरू हराएझँै भएका छन््
"नेपाली नाटकको अतिशय नै सोचनीय स्थिति छ् नाटककारहरू हतोत्साही छन्, अभिनेता वा अभिनेत्रीहरू भोकै छन्् पराईको सिनेमाबाट नेपालको साँस्कृतिक एवम् आर्थिक पराजय भएको छ्" -साहित्यकार परिचय र अभिव्यक्ति, २०५४, नेराप्रप्र)
भीमनिधि तिवारीले त्यतिबेला भन्नुभएको कुरा अहिले पनि फरक छैन् पहिले उहाँ समालोचकहरूका कारण पछि पारिनुभयो, अहिले उहाँ प्रचार-प्रसार कमीले पछि पारिनुभएको छ् शताब्दी वर्ष मनाउँदासमेत उहाँको स्मृतिमा, उहाँको नाममा हामीले के गर्यौँ त ?