Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
थकाई मेट्न कहा ?
सीपी अर्याल
 

राजधानी सहर काठमाडौँको जीवनलाई व्यस्तताले यसरी गाँजिसकेको छ कि सप्ताहन्त वा साताका अन्य दिनका बिहानी र साँझपखका समयमा स्वच्छ हावा लिन वा सामान्य हिँडडुल गर्न हरियालीपूर्ण सुन्दर पार्कको आवश्यकता महानगरको न्यूनतम पूर्वाधार हो। विदेशका कुरा गर्ने हो भने प्रत्येक साना-ठूला सहरको निश्चित दूरी वा क्षेत्रमा यस्ता पार्क स्थापना सहरी विकासको अभिन्न अङ्ग नै हुन्। झन्डै १५ लाख जनसङ्ख्याको काठमाडौँ उपत्यकाको आधुनिक रहनसहनसँगको सामिप्यताका साथै बढ्दो जनघनत्वका फलस्वरूप सुस्ताउने, थकान मेटाउने वा सामान्य रमाइलो गर्ने सार्वजनिक स्थलको कमी टड्कारो रूपमा देखिन थालेका छन्। त्यसो त यहाँ रत्नपार्क, त्रिभुवनपार्क, शङ्खपार्क, बालाजु बाइसधारा पार्कजस्ता केही सीमित पार्क नभएका होइनन् तर बढ्दो जनसङ्ख्यालगायत ती पार्कहरूको उचित मर्मत, सम्भार तथा सुविधा थप नगर्न नसकिएकाले यी पार्कहरूबाट उपत्यकावासीलाई आधुनिक समयसुहाउँदो सुविधा प्राप्त हुन सकिरहेको छैन। नगरपालिकाको दायित्वअन्तर्गत पर्ने यस्ता सार्वजनिक पार्कको जिम्मा काठमाडौँ महानगरपालिकामा छ, काठमाडौँका हकमा। महानगरपालिकाअन्तर्गतको वातावरणीय विभाग यी पार्कहरूलाई हाँक्ने जिम्मा लिएर बसेको छ।

विभागले प्रत्येक वर्ष नयाँ पार्क बनाउने योजना बनाउँछ, पुरानालाई व्यवस्थित र सुन्दर पारिने वाचा कस्छ। त्यसका लागि करोडौँ रकम पनि सरकारले छुट्टयाइदिन्छ। तर, प्रत्येक वर्षको कथा उस्तै। ठाउँठाउँमा नयाँ पार्क बन्ने कुरा त परदेशको कथा Û भएका पार्कको पनि समुचित व्यवस्थापन हुँदैन। काठमाडौँ घुम्न आउने विदेशीले महानगरपालिकाको आधिकारिक वेबसाइटमा गएर यहाँ सञ्चालनमा रहेका पार्कबारे जानकारी लिने प्रयास गरे पनि त्यो व्यर्थ रहनेछ Û

पार्क तथा सार्वजनिक उद्यान सम्बन्धमा वातावरणीय व्यवस्था विभागले गर्छ चाहिँ के त ? "विभागअन्तर्गत सञ्चालित रत्नपार्क, शङ्खपार्क र बालाजुपार्कको रेखदेख तथा नयाँ पार्क बनाउने काम गर्छ," विभागको हरियाली प्रवर्द्धन शाखाप्रमुख गङ्गाधर गौतमको कथन छ। सार्वजनिक उद्यान तथा सभागृह विकास समितिले पहिले गर्दै आएको सो काम पछि काठमाडौँ महानगरपालिकाले वातावरण विभागको जिम्मा लगाएको हो। जिम्मामा परेका यी पार्कमा थोरैमात्र शुल्क लिएर सर्वसाधारणलाई मनोरञ्जन गर्ने मौका दिने उद्देश्य विभागको हो। तर, रत्नपार्कमा केहीबेर टहलिएर थकान मेटौँ भन्दा त्यहाँ झनै तनाव उत्पन्न हुन सक्छ। देशकै पुरानो मानिएको रत्नपार्कको हरिबिजोग छ। गत वर्ष रत्नपार्क तथा रानीपोखरीछेउछाउका ठाउँलाई केही व्यवस्थित पार्न भनी सरकारले ८५ लाख रुपियाँको बजेट छुट्टयायो। दक्षिणतिरको अतिक्रमित भागलाई व्यवस्थित पार्ने, गणेशमान शान्तिवाटिका व्यवस्थित पारी त्यसवरिपरि कम्पाउन्ड हाल्ने, भित्रीबाटो मर्मत गर्ते, आकाशेपानी सङ्कलन कार्य व्यवस्थित पार्ने, ग्रीनहाउस बनाउनेबारे लगाउने काममा बजेट खर्चने योजना थियो। तर, आर्थिक वर्ष सकिनै लाग्दा माथि भनिएका कार्य राम्ररी सकिने केही छाँट पनि देखिएको छैन। प्रत्येक वर्ष छुट्टयाइने यतिका विधि बजेट कहाँ जान्छ कसैलाई थाहा हुँदैन।

आउने वर्षमा उपत्यकामा केही पार्क थप्ने योजना विभागसँग छ। "ज्ञानतीर्थ पार्क, शोभा भगवती पार्क, बौद्ध महाँकालपार्कलगायत केही नयाँ पार्क बनाउने काम पाइपलाइनमा छन्," यसैगरी वडा नम्बर १२, १३, १४ र कुलेश्वर आवास क्षेत्रमा हरियाली प्रवर्द्धन तथा पार्क निर्माण गर्ने योजना आफूहरूसँग रहेको सुनाउनुहुन्छ गौतम। निजी लगानीमा बनेका थुप्रै पार्क छन्। तीसँग समन्वय गरेर अगाडि बढे हातमा केही पर्न सक्थ्यो वा भनौँ जनतालाई राहत मिल्ने केही काम गर्न सकिन्थ्यो होला। तर, यस सवालमा पनि विभाग एक्लै हिँडिरहेको छ। निजीस्तरमा चलेका पार्कसँग कुनै समन्वय छैन रे। चलाइएका निजी पार्कहरू अतिक्रमणको समस्याले ग्रस्त छन्। सरकारी र निजीस्तरको समन्वय भएको भए अतिक्रमणको समस्या सुल्झाउने सरकारी प्रयास फलदायी हुन सक्थ्यो नि।

यस्ता छन् पार्कहरू

केशरशमशेरले वि.सं. १९७६ तिर उतिबेलाका सर्वसाधारणले सपनामा मात्र कल्पन सक्ने किसिमको एउटा उद्यान बनाए। त्यो उद्यानको नाम स्वप्न बगैँचा। त्यतिबेला युरोपेली विधिअनुसार अत्याधुनिक तरिकाले बनाइएको सो बगैँचा राणाहरूको निजी प्रयोजनका लागि थियो। सर्वसाधारण त त्यही एउटा टुँडिखेलमा खुम्चनुपथ्र्यो। ६ ऋतुको प्रतिनिधित्व गर्ने ६ वटै पिलर भएको सो उद्यान आर्किटेक्ट किशोर नरसिंहले 'डिजाइन' गरेका थिए। कला र आधुनिकताको उत्कृष्ट सम्मिश्रणसाथ निर्मित सो बगैँचा स्वर्गजस्तै थियो रे Û समय अन्तरालमा, राणाकालको अन्त्य भयो। त्यसपछि रेखदेख अभावमा सो बगैँचाका फूलहरू ओइलाउँदै गए। बगैँचामा भएको सुन्दर पोखरीको पानी सुक्दै गयो, कलिला माछा मर्दै गए। पछि त्यो बगैँचा नेपाल सरकारमातहत आयो। सरकारीमातहत आएपछि बगैँचाको समुचित व्यवस्थापन हुन सकेन। अथक प्रयासपछि भने सो बगैँचाले केही हदसम्म फेरि पुनर्जीवन पायो। अहिले अत्याधुनिक स्वरूप हासिल गरेको छ र सर्वसाधारणको पहुँचमा पनि आइसकेको छ। व्यापक क्षेत्र ओगटेको यो बगैँचा अहिले पनि काठमाडौँकै उच्चतर उद्यानका रूपमा फेरि स्थापित छ। ठमेलकै प्रवेशद्वारमा रहेको यो उद्यान नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्वप्न बगैँचा विकास समिति नामक स्वायत्त निकायअन्तर्गत सञ्चालित छ।

सहरी कोलाहलबाट केही टाढा रहेको कीर्तिपुर चम्पादेवीस्थित पुष्पलाल पार्क पनि केही व्यवस्थित देखिन्छ। पहाडी फेदमा रहेको यो पार्कमा त्यस्ता आधुनिक सुविधा त केही छैनन् तर यहाँ प्रकृतिकै काखमा रही रमाइलो गर्न सकिन्छ। साथै गाडीमोटरको कुनै आउजाउ नहुनाले होहल्ला हुँदैन, उतिसाह्रो मान्छेको भीड पनि हुँदैन। 'पिकनिक' स्पटका रूपमा ख्याति कमाएको यो पार्क नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा बनाइएको हो। यसैगरी, हिमाल चढ्नेक्रममा दुःखद मृत्युवरण गरेकाको स्मरणमा ककनीमा बनाइएको इन्टरनेसनल माउन्टेनियरिङ मेमोरियल पार्क पनि रमाइलो गर्ने अर्को गन्तव्यस्थल हो। इसिमोडका अनुसार आठ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिभुवनपार्क पनि वनस्पतिका कारण स्वच्छ छ। थानकोटस्थित यो पार्क पनि व्यवस्थित र सुन्दर देखिन्छ। प्रेमिल जोडीहरूको भेटघाट, विवाह, 'पिकनिक'जस्ता कामका लागि यो पार्क उत्तम छ।

यसबाहेक, धेरैले रुचाएको, प्राकृतिक तथा सुविधायुक्त अर्को पार्क बालाजु उद्यान हो। वातावरणीय विभागद्वारा सञ्चालित यो पार्क बालाजुचोकबाट उत्तरतर्फ नागार्जुनको फेदैमा छ। बिदाका दिन र विवाहका लगन परेका बेला यहाँ निकै भीडभाड हुन्छ। स्विमिङपुलसमेतको सुविधा रहेको यहाँ सुन्दर फूल, पानीका फोहोरा, सफा खानेकुरा तथा शौचालय पनि छ। विभागद्वारा व्यवस्थित तीन पार्कमध्ये धेरै कुराले राम्रो पार्क यही देखिन्छ।

धुम्बाराहीमा रहेको शङ्खपार्क सानो भए पनि केही राम्रो छ। 'रिङरोड'मै रहेको सो पार्कमा चराचुरुङ्गीको आवाजसाथ रमाउन, थकाइ मार्न सकिन्छ। पार्कभित्र एउटा सानो ठाउँ छ, होचा रूखहरूले छेलिने। त्यसरी छेलिएर गोप्य रूपमा गफगाफ गर्न सकिन्छ, त्यो ठाउँ प्रेमजोडीको मात्रै हो जस्तो देखिन्छ। त्यसैले त्यसको नाम स्थानीयले 'लभ जङ्सन' राखिदिए।

यसैगरी, भृकृटीमन्डपमा रहेको 'फनपार्क' विशेषतः बालबालिकाका लागि राम्रो 'स्पट' मानिन्छ। प्रशस्त 'फन गेमिङ'को सुविधा भएकाले बालबालिकालाई भुलाउन र मनोरञ्जन दिन यो ठाउँ पनि उत्तिकै उपयोगी हुन सक्छ।

संयुक्त राष्ट्रसङ्घ स्थापनाको पचासौँ वाषिर्कोत्सवमा ०५२ तिर बागमतीकिनारमा युएनपार्क बनाइयो। राष्ट्रसङ्घीय शान्ति मिसनमा जाँदा मारिएकाको स्मृतिमा बनाइएको सो पार्क, पार्क कम सुकुम्बासीको बसोबास गर्ने इलाका बढी भइरहेको छ। यसबाहेक, अतिक्रमणका कारण भूमिहीन तथा सुकुम्बासी र सरकारबीच लखेटालखेटको राजनीतिका लागि पनि युएनपार्क उत्तिकै चिनिएको छ, चर्चित छ। सयौँ घरटहरा बनाएर बसेका र आफूलाई भूमिहीन र सुकुम्बासी दाबी गर्नेहरूका कारण मूलतः युएनपार्क निर्माण कार्य पूरा हुन सकिरहेको छैन। थापाथलीदेखि शङ्खमुलसम्म लगभग १६ सय रोपनीमा फैलिएको छ- युएनपार्क। योजनाअनुसार पार्कवरिपरि नदी सफा बनाउने, युएन मेमोरिएल पिलर बनाउने, सुन्दर बगैँचा बनाउने, सवारीसाधन पार्किङस्थल, खाद्य पसल, बालबालिकाका लागि फनपार्क आदि बनाउने बृहत् योजना छ। योजनाअनुसार यी सबै कार्य पूरा भइसक्नुपर्ने हो। डेढ दशकपछि सम्म पनि यो पार्कले पूर्णता पाउने हो कि होइन कसैले किटान गर्न सक्ने अवस्था छैन।

सहरका मुटुमा रहेको रत्नपार्क तुलनात्मक रूपमा सानो भए पनि बेलाबेलामा हुने राजनीतिक आन्दोलन जमघटका कारण चर्चामा आइरहन्छ। समयक्रमसँगै रत्नपार्कमा बेथिति र सबै किसिमको फोहोरीपना बढ्दै छ। अँध्यारोसँग रत्नपार्कमा नगरवधूको चहलपहल पनि समाचारका विषय बन्न पुग्छ।

नयाँ काठमाडौँ, पुरानो संरचना

संस्कृतिविद् सत्यमोहन जोशीको भनाइमा थकान मेट्ने, पारिवारिक रूपमा रमाइलो गर्ने जस्ता उद्यान तथा पार्कको व्यापक कमी छ काठमाडौँमा। पहिलेपहिले त्यसरी रमाइलो गर्ने उद्देश्यसाथ पार्कहरू बन्दैनथे। रानीपोखरीदेखि रङ्गशालासम्म फैलिएको टुँडिखेल नै थकान मेट्ने, गफगाफ गर्ने तथा घाम ताप्ने कामका लागि प्रयोग हुन्थ्यो। मानिसहरू त्यहीँ आएर बस्थे, दुःखसुख बाँडिचुँडी गर्थे। जोशी सम्झनुहुन्छ, "बिहानबिहान सैनिकले कवाज खेल्ने र साँझचाहिँ मानिसले थकान मेट्न, हिँडडुल गर्न प्रयोग गर्थे।" त्यही जग्गा सैनिकका कार्यक्रमका लागि पनि प्रयोग हुन्थ्यो। रङ्गशाला भएको ठाउँमा सुन्दर कमलका फूल फुल्थे। "रङ्गशाला अन्तै बनाएको भए हुन्थ्यो। तर, त्यही ठाउँ अतिक्रमण गरी खेलमैदान बनाइयो। रानीपोखरीछेउछाउमा सानाठूला पाटी थिए। मानिस आराम गर्थे, संस्कृतिविद्को कथ्य छ। एसियाकै सबैभन्दा ठूलो मानिएको त्यो टुँडिखेल मिचिँदैमिचिँदै आएकोमा यी पाका संस्कृतिविद् असन्तुष्टि पोख्नुहुन्छ। टुँडिखेलबाहेकका पार्क भनेका गौशाला, लैनचौर, भक्तपुरको टुँडिखेल थिए। त्यस्ता पार्कवरिपरि सुन्दर पोखरी हुन्थे। पोखरीमा सुनौला माछा पौडन्थे। ती पनि आराम गर्ने, रमाइलो गर्ने ठाउँ थिए। तर, अहिले ती सबै सहरी सिकार भइसकेका छन्। आरामदायी पार्क राणाहरूले आˆनै कम्पाउन्डभित्र बनाउँथे। "त्यस्ता उद्यान राणाका आˆनै आइमाई, केटाकेटीको मनोरञ्जनस्थल हुन्थे," उहाँ इतिहास सुनाउनुहन्छ, "त्यो बेलामा सर्वसाधारणको पहुँच भनेको त्यही टुँडिखेलमात्र त हुन्थ्यो नि।"

क्षेत्रपाटीका ८८ वषर्ीय काशी महर्जन पनि जोशीले भनेजस्तै काठमाडौँ भोगेका एक इतिहास हुन्। "साँझबिहान हातखुट्टा तन्काउन म पनि टुँडिखेल जान्थेँ," उहाँ सुनाउनुहुन्छ। अहिले त जमानै अर्कै भइसक्यो उहाँको दृष्टिमा। "तरुनातरुनी र केटाकेटीका लागि मात्र बनाउँछन् उद्यान। हामी बूढाबूढीको कसले ख्याल गर्ने ?" उहाँको दुःखेसो जायज छ।

आस नमारौँ Û

वातावरणीय दृष्टिकोणबाट समेत महत्त्व राख्ने पार्कको पर्याप्त सङ्ख्या निस्सासिएको काठमाडौँमा केशव स्थापित उपत्यका नगर विकास प्राधिकरणको प्रमुख भएर झिनो आशा लिएर आउनुभएको छ। उहाँ महानगरपालिकको मेयर हुँदा काठमाडौँलाई हराभरा तुल्याउन राम्रो काम गर्नुभएको थियो। उहाँको कार्यकालमा सार्वजनिक उद्यान वा पार्कबारेमा केही हुन सक्छ भन्ने अनुमान उहाँको यस अभिव्यक्तिबाट लगाउन सकिन्छ। "सबैभन्दा पहिले मेरो काम रमणीयस्थलको विकास गर्नुहुनेछ," पदभार ग्रहण गरेलगत्तै सञ्चारमाध्यममा उहाँले खुलाउनुभयो। महत्त्वाकाङ्क्षी स्थापितको मस्तिष्कमा नागार्जुनमा भव्य उद्यान बनाउने योजनाको साथै बिग्रेका उद्यान व्यवस्थित पार्ने, निजी क्षेत्रसँग समन्वय गर्ने र सकुम्बासीले गिजोलेका केही उद्यानको समस्या तत्काल समाधान गर्ने सोच छ। स्थापित कामभन्दा बढी गफ गर्ने मेयरका रूपमा पनि काठमाडौँवासीसमक्ष परिचित छन्। त्यसैले आशा गरौँ, उहाँको यसपटकको अभिव्यक्तिले मूर्तरूप लिनेछन्। केटाकेटीका लागि 'डेटिङ स्पट' पनि प्राथमिकतामा राख्नुभएको स्थापितले यसको तुलनामा सबै उमेर समूहका व्यक्तिलाई उपयुक्त हुने पार्क राजधानी सहरमा स्थापना गर्न सके यस सहरको महत्त्व अझ बढ्नेछ।

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px