Untitled Document
Untitled Document
 Sports
Brett Lee retires from international cricket
Blatter defends role in FIFA kickbacks scandal
National Women’s fbl begin today
Chelsea tops Champions League prize money list
Paes at the center of a storm ahead of Olympics
Serena wins fifth Wimbledon title
All the Bells’ to ring out start of London Olympics
It’s Federer again, and Murray for once in final
True Olympic spirit found in those who come last
True Olympic spirit found in those who come last
 
 Main News
Govt expresses objections over EU, Limbuwan meet
 
 Editorial
Corruption And Water Resources
Reproductive Health Challenges Remain
How To Overcome Boredom
Work Out A Full-sized Budget
Rescue Of Child Workers - Commendable Work
PM On Official Media
Bad Budget Precedence
Tap Tourism Potential
 
 National
Single women break tradition
‘Change mindset to end untouchability’
School dropouts high in Banke
World Environment Day marked
Centuries old human remains found in Mustang caves
CDCs effective in Sindhuli
Remote schools get internet service
Republic Day observed
Water tanks getting dry
Diarrhea patients rising up
 
 
शनिवार
नपत्याउने खोलाले बगाउँदा ...
प्रजित शाक्य
 

घरेलु क्रिकेटको कुरा गर्दा क्षेत्र नं. ६ बैतडीको चर्चा कमै हुन्छ। तर, गत महिना उमेर समूहका दुई राष्ट्रिय क्रिकेट प्रतियोगिता -यु-१६ र यु-१९) जितेपछि अहिले घरेलु क्रिकेटमा बैतडीकै मात्र गुणगाण भइरहेको छ। वि.सं. २०६१ मा क्षेत्र नं. ५ नेपालगन्जबाट अलग्गिएर छुट्टै क्षेत्रका रूपमा घरेलु क्रिकेट प्रतियोगितामा सहभागी हुने साहस देखाएको बैतडीले पछिल्ला आठ वर्षमा घरेलु क्रिकेटमा शक्तिशाली क्रिकेट टिमको छवि बनाइसकेको छ। सिनियर-जुनियर, पुरुष-महिला हरेक वर्गमा उत्साहवर्द्धक प्रगति गरेको बैतडी एकदिवसीय होस् या टी-ट्वान्टी क्रिकेटको हरेक संरचनामा फिट पनि छ।

घरेलु क्रिकेटमा नयाँ क्षेत्रको पहिचान पाएको चार वर्षपछि नै बैतडीले ०६५ सालमा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला च्याम्पियन बनेर सनसनी फैलाएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टोलीमा पनि बैतडीले भरपुर सेवा दिइरहेको छ। बैतडीले छुट्टै क्षेत्रको पहिचान पाउनुअघि त्यहाँका खेलाडी मुस्किलले राष्ट्रिय टोलीमा पर्थे। अहिले बैतडीका ११ पुरुष र आठ महिला खेलाडी सिनियर तथा उमेर समूहबाट राष्ट्रिय टिममा छन्। प्रेम चौधरी, प्रदीप ऐरी, विनोद भण्डारी, नरेश बुढाएर, भुवन कार्की, चन्द्र साउद, सुरेन्द्र चन्द, सन्तोष भट्ट, विनोद लामा, जगदीश चन्द र दीपेन्द्र चन्द तथा महिला क्रिकेटरहरू रीतु कनौजिया, माया रावत, जानकी भट्ट, रोशनी बोहरा, रेखा रावल, सोनु खड्का, अञ्जली चन्द र द्रोपती कुँवरले नेपाली राष्ट्रिय टिमको जर्सी लगाइसकेका छन्। दीपेन्द्र चन्दलाई अहिले मलेसियामा चालू यु-१६ इलाइट कपमा नेपालको नेतृत्व गर्ने जिम्मेवारीसमेत छ।

बैतडीको नाम दिइए पनि क्षेत्र नं. ६ मा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ, दार्चुला, डोटी र बाजुरा जिल्ला सामेल छन्। भौगोलिक विकटता, भौतिक पूर्वाधार र आर्थिक विपन्नतामा रहेको यस क्षेत्रमा क्रिकेट खेल्न पर्याप्त साधन पनि छैन। पाँच विकास क्षेत्रमध्ये सबैभन्दा गरिब क्षेत्र हो यो। यहाँको ४० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ। उद्योगधन्दा कम छन्। व[mषिमा निर्भर रहनुपर्ने स्थिति छ। क्रिकेट प्रतियोगिता गर्न प्रायोजक छैन। न त यहाँ काठमाडौँ तथा अन्य सहरमा सरह क्रिकेट एकेडेमी नै छ। दक्ष प्रशिक्षकको पनि कमी छ। अझ समयसमयमा यो क्षेत्र नेपाल क्रिकेट सङ्घ -क्यान)को हेपाहामा पर्दै आएको छ भन्ने समाचार पनि निस्कने गरेको छ। तर पनि अन्य क्षेत्रभन्दा बैतडीबाट लगातार प्रतिभाशाली क्रिकेटर अगाडि आइरहेका छन्।

कसरी सम्भव भयो ? यो खुल्दुली मेटाउन क्षेत्र नं. ६ का सहसचिव लोकेन्द्र विष्ट भन्छन्, यहाँ क्रिकेट निकै लोकपि्रय छ। नेपालमा लोकपि्रयताको हिसाबमा फुटबलपछि मात्र क्रिकेटको नाम आउँछ। तर, यस क्षेत्रमा जहीँतहीँ क्रिकेटैक्रिकेटमात्र छ। कैलाली होस् वा कञ्चनपुर, डडेल्धुरा होस् वा अछाम, बझाङ होस् वा दार्चुला, डोटी होस् वा बाजुरा जताततै स्कुले विद्यार्थी र युवा क्रिकेट खेलिरहेका हुन्छन्। क्षेत्र नं. ६ मा क्रिकेटको लोकपि्रयताको अन्दाज यसैबाट लगाउन सकिन्छ। गत फागुनमा सुदूरपश्चिममा आयोजित छैटौँ राष्ट्रिय खेलकुदमा राष्ट्रिय क्रिकेट खेलाडी आफूहरू ˆयानको घेरामा पर्दा छक्कै परे। उनीहरूलाई काठमाडौँमा पनि कहिल्यै यसरी आˆना समर्थकले पछ्याएका थिएनन्।

हुन पनि छिमेकी देश भारतमा क्रिकेटको लोकपि्रयता पागलपनको हदसम्म छ। सो देशको सिमाना जोडिएको सुदूरपश्चिममा त्यसको प्रभाव पर्नु अचम्मको कुरा होइन। यहाँका स-साना बच्चामा पनि क्रिकेटप्रतिको मोह बढ्दो छ। समग्रमा यो क्षेत्र क्रिकेट 'भिलेज'का रूपमा परिणत भएको छ।

यो 'क्रेज'बाहेक क्षेत्र नं. ६ बैतडीको सफलताको रहस्य खेलाडीको अथक परिश्रम र क्रिकेटप्रतिको लगाव नै हो। केही हदसम्म यसको श्रेय पुराना खेलाडीलाई पनि जान्छ। सिनियर खेलाडी घरमा हुँदा व्यक्तिगत रूपमा जुनियर खेलाडीलाई क्रिकेट सिकाउन व्यस्त हुन्छन्।

गत वर्ष एपीएफ, काठमाडौँ, वीरगन्ज, भैरहवा र नेपालगन्जजस्ता क्षेत्रीय टिमले पहिलोपटक प्रायोजक पाउँदा पनि बैतडी निराश हुनुपरेको थियो। क्रिकेटमा जति धेरै पैसा हुन्छ, त्यति यस खेलको विकास सहज हुन्छ। यद्यपि, प्रायोजक नहँुदा पनि हरेक महिना यस क्षेत्रमा क्रिकेट प्रतियोगिता भइरहेको हुन्छ। बैतडीमा हरेक वर्ष हुने शुभकामना कप टी-ट्वान्टी प्रतियोगिताको पुरस्कार राशिमात्र एक लाख रुपैयाँ छ।

क्यानले गर्ने सहयोग पनि निकै न्यून छ। प्रतियोगिताको समयमा आठ जिल्लामा आउने ८० हजार रुपियाँबाहेक अन्य केही सहयोग छैन भन्छन् यस क्षेत्रका पदाधिकारी। तर, अहिले उनीहरू अर्थभन्दा जिम्मेवारी खोजिरहेका छन् जसले गर्दा बैतडीमा क्रिकेटको लोकपि्रयता अझ बढोस्।

क्षेत्र नं. ६ मा अहिलेसम्म क्यानले राष्ट्रिय प्रतियोगिताको जिम्मेवारी नदिएकोमा उनीहरू निराश छन्। यसैगरी, छैटौँ राष्ट्रिय खेलकुदका लागि बनेको क्रिकेट मैदान पनि व्यवस्थित बनोस् भन्ने उनीहरूको कामना छ। अहिले क्रिकेट रङ्गशाला बनिसकेको छ, यसलाई टर्फ विकेट बनाउने प्रयास गरिरहेका छौँ, अन्तर्राष्ट्रिय क्रिकेटमा टर्फ विकेट प्रयोग हुने गर्छ, त्यसैले हामी चाहन्छौँ यहाँका खेलाडी बच्चादेखि नै यस्ता विकेटमा खेलेर अभ्यस्त हुन् र उनीहरूको क्षमता बढून् सहसचिव विष्टले भने।

बैतडीले छोटो समयमा हासिल गरेको उपलब्धिले क्यानलाई अझ सक्रिय हुन घच्घचाएको छ। केन्द्रमा मात्र होइन सुदूरपश्चिमजस्ता ठाउँमा पनि क्रिकेटका लागि ठोस प्रभावकारी योजना अगाडि सार्ने जिम्मेवारीबोध गराएको छ। सायद विकट ठाउँका खेलाडी हरबखत केही ठूलो काम गर्न तत्पर रहन्छन्। यस्ता ठाउँका खेलाडीमा खेलप्रति त्यागको भावना बढी हुन्छ भन्ने त इतिहासले पनि प्रमाणित गरिसकेको छ।á

Other Headlines
.
. ..
सहज छैनन् अगाडिका बाटा जुनारबाबु बस्नेत
सशक्त कविको अवशान जयदेव भट्टराई
रोग निदानमा 'रिमोट सेन्सिङ' विष्णु पराजुली
दुःख पाइयो, बढी जान्ने भएर लक्ष्मीधर गुरागाईं
'टिकीटाका'मा जमेको स्पेन प्रजित शाक्य
.
जङ्गल नमासिकनैपनि आम्दानी भक्तबहादुर थापा
लौराले नापिन्छन् वर-वधु भउचप्रसाद यादव
गर्न अझ धेरै बाँकी छ केशवराज खनाल
फाटेको छाता उत्तमकुमार पराजुली
पाँच वर्षपछि शिखरमा सन्तोष सुरेशकुमार यादव
निवृत्त जीवन
. .
'बुल्डोजर' को काम त भत्काउने मात्रै सीपी अर्याल
'माननीय' शब्द नसुनेकी सांसद लक्की चौधरी
कलेज र विषय छनोट श्यामकुमार सिंह
कविताबारे कवि र समालोचक जयदेब भट्टराई
सुब्बिनी बज्यै चूडामणि खनाल
किन असफल हुन्छन् 'सिनियर' खेलाडी प्रजित शाक्य
धोनीको 'डे्रस सेन्स'
. .
भासिँदै छ काठमाडौँ उपत्यका ! राजु आचार्य
चीन भ्रमणमा नेपाली युवाटोली दीपक सापकोटा
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px